राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोकमा शाखा कार्यालय स्थापना गरेको छ । यस्तै, सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारामा शाखा विस्तार भएको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखरा स्थित शाखा कार्यालय मैनापोखरा शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ ।
यसपछि, बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन