आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।
ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल (बीज) राखिएको थियो भने त्यही दलबाट बाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीको दिन सार्ने गरिन्छ ।
यस बिरुवालाई भगवान् विष्णु र विष्णुप्रिया भन्दै चार महिनासम्म पूजा गरिन्छ । यो चार महिनाको समयलाई चतुर्मास भनिन्छ । यसैगरि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)मा तुलसीको विवाह गरेपछि हरिबोधिनी) एकादशीमा चतुर्मास सकिन्छ ।
चतुर्मासमा (हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म) भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस समयमा शुभ कर्म अथवा मांगलिक कार्य गरिँदैन ।
वर्षभरिका एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीको विशेष महत्व रहेको छ । चतुर्मासभित्रका एकादशीको दिन काठमाडौंका चार नारायण र बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भीड हुने गर्दछ ।
तुलसीलाई आयुर्वेदिक औषधिका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । आयुर्वेद पद्दतिमा तुलसीको उपयोग भिन्न औषधि बनाउन प्रयोग गरिन्छ ।
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन