पोखरा । सामाजिक सञ्जालबाट चिनजान गरेर जापन पठाइदिने भन्दै ठगी गर्ने तनहुँकी महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार तनहुँको व्यास नगरपालिका–१२ कमलबारीबाट ३८ वर्षीया मनुमाया थापालाई पक्राउ गरेको हो ।
पारिवारीक भिषामा जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताए । ‘सामाजिक सञ्जालबाटै भिषा लगाइदिन्छु भनेर ठग्ने गरेकोे उजुरीको आधारमा पक्राउ गरेका छौंं’, उनले भने ।
तनहुँको भीमाद नगरपालिका–५ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने रुपसरा रानालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ७९ लाख ९७७ हजार ९९९ रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेकोे हो । विभिन्न बैंक खातामार्फत मनुमायाले पैसा जम्मा गर्न लगाएकी थिइन् ।
मनुमायाबाट ४ लाख ८० हजार रुपैयाँ बरामद गरेको डिएसपी रायले बताए । उनका अनुसार ७ वटा बैंकको चेकबुक बरामद गरिएको छ ।
ठगी सम्बन्धि मुद्वामा जिल्ला अदालत तनहुँबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानले ठगीमा मनुमायासँगै समूह नै संग्लन रहेको प्रहरीको आशंका छ । ठगिनेको संख्या पनि बढी हुनसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब