पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा पोखरामा यही ४–५ साउनमा यु–२० चेस प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय बुद्धिचाल संघ १०० वर्ष पुगेको अवसरमा क्लबले दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा २० वर्षमुनिका खेलाडी खुला रुपमा सहभागिता जनाउन पाउने संयोजक रामबहादुर क्षत्रीले जानकारी दिए । प्रतियोगितामा स्वीच लिग आधारमा ¥यापिड रेटिङमा ९ चरणमा प्रतिस्पर्धा हुनेछ । अहिलेसम्म १ सय १० जना खेलाडीले नाम दर्ता गरिसकेका छन् ।
प्रतियोगितामा यु–१०, यु–१४, यु–१६ र यु–२० गरी ४ विधामा खेलाइने क्लब अध्यक्ष परिवेश थापाले जानकारी दिए । विधा फरक भए पनि १५ मिनेटभित्र सकिने स्पर्धा भएकाले खेलाडीहरुले प्राप्त गरेको अंक आधारमा विजेता टुंगो लगाइने उनले बताए ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुयैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक क्षत्रीले जानकारी दिए । यस्तै, सान्त्वना हुने २ जनासँगै प्रत्येक विधामा उत्कृष्ट खेलाडीलाई ५÷५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो