पोखरा । पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जनाजनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँचवर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिंदै वडा वासीलाई नआत्तिनपनिउनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्रपामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनिउनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका लागि लौरुक लिफ्टिङ्ग योजनाको काम अगाडी वढेको भन्दै वहुवर्षीय आयोजनाको रुपमा दुई वर्ष भित्र पुरा गर्ने पनि जनप्रतिनिधीको भनाई थियो ।
कास्कीकोट माथी देखि पामे साईडको पनि अधिकतम भू–भाग समेटीएकाले वडा कार्यालयमा हुने कामकार्वाहीमा समस्या परेको भन्दै वडाको भू–भागबाटै वडा कार्यालयमा जाने कनेक्टिङ्ग रोड छिट्टै पुरा गर्ने पनि उनीहरुको भनाई थियो । अहिले २४ नम्मर वडाकै लौरुक तथा पामे यरियाका नागरिकलाई वडाको काम गर्न जानु परेमा ५ वटा वडा कार्यालयको भू–भाग घुमेर जानु पर्ने वाध्यता छ ।
उक्त कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दा, वडा भित्रका संघ–संस्थाका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरू समेत गरि १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पोखरा २४ का अध्यक्ष भरत बहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले कास्कीकोटलाई अगाडी बढाउनका लागि आवश्यकताको आधारमा सबै प्रकारका व्यक्तित्वहरु सँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा सहभागी स्थानीयहरूले वडाभित्रका सडक तथा योजनाहरूमा विभिन्न प्रश्नहरू उठाएका थिए । सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहले उपलब्ध गराएको रकम समायोजन गरेर बजेट बनाएउको उल्लेख गरे ।
सार्बजनिक सुनुवाई कार्यक्रममा वडा सचिव ईन्द्र बहादुर जीसीले चालु आ ब २०८०/८१ मा जारी कार्यक्रम र बजेटसँग सम्बन्धित वडा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै उनले सार्वजनिक सुनुवाई बाहेक पनि नागरिकका जिज्ञासाहरुको सम्बोधन गर्ने बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य कृष्ण प्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताहरुले पनि वडाको काममा चासो राख्नुपर्ने बताए । उनले पार्टीलाई अगाडी बढाउने बारे मात्र होईन वडालाई अगाडी बढाउन पनि वार्ता र सुझावहरु दिनुपर्ने बताए ।
सार्वजमिक सुनुवाईमा वडा बासीले ग्रामिण सडक, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार, कास्कीकोटमा पर्यटन प्रवद्र्धन, वडाको भावी योजनाबारे प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु