त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।
विमानस्थल बन्द भएको कारण भैरहवादेखि काठमाडौं र धनगढीदेखि काठमाडौं आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।
‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको कारण अवतरण गर्न नपाएका विमानहरू गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भइ अवतरण भएका छन्’, उनले भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरू पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।’
त्रिभुवन विमानस्थल बन्द हुँदा उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेका केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।
विमान दुर्घटनामा परेपछि १२ : ४५ सम्मका लागि कार्यालयले नोटाम जारी गरेको थियो । नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।
त्यस्तै बैंककबाट थाई एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । त्यसैगरी ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पनि होल्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
सम्बन्धित खबर
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
पृथ्वी राजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने
पछिल्लो वर्षाले बाढी पहिरोबाट ३५ जनाको मृत्यु, १५ जना घाइते
धेरै भयो राष्ट्रसंघमा जलवायु न्यायको आवाज उठाएको, विश्वले कहिले सुन्ला नेपालको माग ?
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णभीरलगायतका सडकखण्ड अवरुद्ध
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य