पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु ।”, उनले भने । उनले मस्यौदामा अपाङ्गता भएको व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई समेटेर मस्यौदा तयार पारिएको हुँदा प्रभावकारी हुने उल्लेख गरे ।
तयार पारिएको मस्यौदालाई थप परिमार्जित गरी अगाडि बढाइने प्रतिबद्धता समेत मन्त्री थापाको छ ।
उपसभामुख बिना थापाले सबै अपाङ्गता व्यक्तिहरुको अधिकार सुनिश्चित हुने गरि मस्यौदा तयार भएको बताइन् । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले स्थानीय तह र प्रदेश सरकारले अपाङ्गता भएको व्यक्तिको दायित्वलाई बोध गर्ने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयलाई मस्यौदामा उल्लेख गरिएको बताए ।
स्वालम्बन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद देखि सरोकारवालाहरुको उपस्थिति थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन