पोखरा । पालिकाका वडाहरुबाट अब नागरिकताको सिफारिस अनलाइनबाटै हुनेभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको उपस्थितिमा अन्नपूर्ण गाउँपालिका २ बाट सोही वडा निवासी सुरक्षा अधिकारीको नेपाली नागरिकता प्रमाणपत्रको लागि अनलाइन माध्यमबाट सिफारिस गरी स्थानीय तहहरुबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अभियानको शुरुवात शुक्रबार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।
यस प्रणालीको सुरुवातले नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटिरहित, व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि हुन जाने हुदाँ अन्नपूर्ण गाउँपालिका वडा नं ०२ बाट सुरुवात भएको अनलाइन सिफारिस प्रणालीलाई क्रमिक रुपमा कास्की जिल्लाका सबै पालिकाका वडाहरुबाट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको प्रजिअ पाण्डेले बताए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती