यातायात व्यवसायीको आन्दोलनका क्रममा रिपोर्टिङमा खटिएका पत्रकारमाथि आक्रमण गर्नेमध्ये ४ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।
पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत पक्राउ परेका हुन् ।
अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए । एसपी थापाले भने, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ ।’
पत्रकारद्वयमाथि आक्रमण भएपछि पत्रकारहरुले प्रहरी कार्यालयमा गएर जाहेरी दिएका थिए । पत्रकार सम्बद्ध संघसंस्थाका नेतृत्वसमेत प्रहरी कार्यालय गएर प्रहरी प्रमुख थापासँग यस विषयमा बुझेका थिए ।
यातायात व्यवसायी महासंघले नै भन्यो: हमला गर्नेलाई कारवाही गरियोस्
उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।
महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने बताए ।
‘दुई जना पत्रकारमाथि कुटपिट भएको घटनामा हामी दुखि छौं । कुटपिटमा संलग्नलाई हामीले बचाउ गर्ने भन्ने छैन । कानूनी कारवाही होस् भन्ने कुरामा प्रष्ट छौं ।’ केसीले भने ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु