- १५ दिनभित्र समस्या समाधान गर्ने गरी ९ सदस्यीय कार्यदल गठन
पोखरा । पोखराका आन्दोलनरत यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच सहमति भएको छ । सरकार र राइड सेयरिङको विरोध गर्दै व्यवसायीबीच आइतबार भएको वार्तामा सहमति भएको हो । आन्दोलन फिर्ता भएसँगै आइतबार साँझैदेखि यातायात चल्न सुरु भएको छ ।
वार्तामा व्यवसायीले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई अध्ययन गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना छन् ।
समितिले १५ दिनभित्र प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयलाई बुझाउनुपर्नेछ । योसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यसअघि आइतबार व्यवसायीले विरोध प्रदर्शन गरेका थिए ।
कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।
यातायात व्यवसायी र राइडर्सहरुबीच विरोध नगर्ने सहमति भएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो