पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि श्रावण २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएको छ । आयोजक नेवाः खलः कचा पृथ्वीचोकले बुधबार पत्रकार सम्मेलन गर्दै २३ टोलीको सहभागीता हुने र २० टोलीले मात्र प्रतिष्पर्धा गर्नेछन् ।
नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठका अनुसार बुधबार नै गोलाप्रथा गरेर सहभागी टोलीहरुका लागि पस्तुतीको समय टुङ्गो लागेको छ ।
प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन झो भ्वयः को समेत आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवा खल कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । गत साल पनि बाघ जात्रा आयोजक समिति २०८० को आयोजना र नेवा खलः कास्की तथा नेवा समुदायसँग समबन्धित संघसंस्थाहरुले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेको थियो ।
प्रतियोगीता पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । करिब दश हजार जनाको उपस्थिति रहने आँकलन गरिएको कार्यक्रममा एलईडी मार्फत पनि नाच देखाईने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनों तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगीता संयोजक रेशम प्रसाद श्रेष्ठले बताए । लाखे नृत्य प्रस्तुतीका लागि चाहिने पोशाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था प्रतियोगि टोली स्वयंले व्यवस्था गर्नु पर्ने नियममा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाखभन्दा बढि खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
नेवा खलः कचाः पृथ्वीचोकका पुर्व अध्यक्ष तथा सल्लाहकार गजेन्द्रमान श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्रचार्य, नेवा पत्रकार पुचः कास्की अध्यक्ष अनिशा श्रेष्ठ, नेवा ल्याम्ह पुचः कास्की अध्यक्ष विनित जोजीजु लगायत नेवा समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो