पोखरा । आज शनिबार देशभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार
बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब