पोखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् ।
पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर आउनु भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष निरौलाले यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूती हुने गरि काम गर्ने विश्वास व्यक्त गरे।
कानूनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरि काम गर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि समुदायसंगको सहकार्यको आवश्यकता औल्याए।
कार्यक्रममा वडा प्रहरी बैदाम कार्यक्षत्र अन्तर्गतका पोखराका ११ वडाका जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले सहभागिता रहेको थियो ।
प्रहरी निरीक्षक कमल पोखरेलले स्थानीयको सुझावका आधारा शान्ति सुरक्षामा सहकार्य गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा सुझावका लागि पर्यटन व्यवसायी, उद्योगी, सञ्चारकर्मीसँग छलफल कार्यक्रम गरिने तयारी गरिएको उनको भनाई छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु