तनहुँ । एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । बैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक लाख २४ हजार तीन सय साठी रुपैयाँ तमु समाज सलालाहको सक्रियतामा प्रदान गरिएको हो ।
विगत ८ बर्ष अघिदेखि प्यारालाईसिसबाट पिडीत रहेकी ७७ बर्षीया तुलसी गुरुङ्ग दुई बर्ष अघिबाट छोरा चन्द्रबहादुर गुरुङ्गको समेत दुवै मृगौला फेल भएपछि चरम आर्थिक समस्यामा परेका छन् । आमा र छोराको उपचार गर्न समेत समस्या परेपछि दाता गुहार्न बाध्य भएको पिडित चन्द्रबहादुरले बताए । ‘दशबर्षसम्म विदेशमा कमाएको धन समेत उपचारमै सकियो’ उनले भने,‘आर्थिक समस्याकै कारण हप्तामा दुईपटक डाईलोसिस गर्नुपर्ने भएता पनि एक पटक मात्र गर्न बाध्य छु ।’
आर्थिक सहयोग पाएपछि आफुहरुको उपचारमा सहजहुने गुरुङ्ग परिवारले विस्वास लिएको छ । प्यारालाईसिसबाट पिडीत आमा तुलसी सामान्य हिडडुलसमेत गर्न नसक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । शनिबार सहयोग रकम सहित मज्र्याङ्गकोट पुगेका तमु समाज सलालाहका महासचिव लालबहादुर गुरुङ्गले समाजको सहयोगले उनीहरुको उपचारमा राहत पुग्ने बताए । समाजमा आवद्ध रहेको सदस्यहरुको साथै ओमानमा रहेको पोर्ट अफ सलालाहमा कार्यरत अन्य नेपालीहरुले समेत आर्थिक सहयोगमा साथ दिएको भन्दै मानवीय सेवामा सधै क्रियाशिल रहने गुरुङ जानकारी दिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’