तनहुँमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

तनहुँमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

dengue-fever

तनहुँ । तनहुँमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार तनहुँका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो । यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । मृत्यु भएको घटना भने यो पहिलो हो ।

मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाका कीटजन्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए । नेपालमा ७७ जिल्लामध्ये अहिलेसम्म ७३ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds