पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाखमा आयोजना गरेको ‘आठौं पोखरा स्पोर्टस् अवार्ड २०८०’ बाट १ लाख ८६ हजार बचत भएको छ ।
गत वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख ८६ हजार बचत भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कोषाध्यक्ष तथा आठौं पोखरा स्पोर्टस् अवार्ड आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तीमगरले जानकारी दिइन् ।
बुधबार पोखरामा आयोजित अवार्ड आय व्यय सार्वजनिक कार्यक्रममा कोषाध्यक्ष घर्ती मगरले आठौं संस्करको पोखरा स्पोर्टस् अवार्डमा विभिन्न श्रोत मार्फत १८ लाख ५० हजार ५ सय ३६ रुपैया आम्दानी भएको र जसमध्ये १६ लाख ६४ हजार २ सय ५९ रुपैयाँ खर्च भएर १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएको बताइन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड क्रिकेटका अर्जुन कुमाल र आईटिएफ तेक्वान्दो खेलाडी सुस्मिता थापाले जितेकी थिइन् ।
त्यस्तै, वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलाशा राना, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद संघसंस्था वा क्लबको तर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक ईन्द्रा मल्ललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महसंघका पूर्व केन्द्रीय सदस्य एवं खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष एवं प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडी लगायतले शुभकामना दिएका थिए ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राजाराम पौडेल र धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए ।
मञ्च गण्डकीको सातौँ स्थापना दिवसका अवसरमा केक काटेर शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन