पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पोखरामा एक चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।
प्रकाउ पर्नेमा चीनको हुनान प्रान्त स्थायी घर भई पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेस्ट हाउसमा बस्ने ३१ वर्षीय जेडहाइ मिङ चेन, लम्जुङ घर भई पोखरा–१६ सँगमटोल बस्ने २२ वर्षीया सरू बिक र पोखरा–२२ आर्वा बस्ने ३४ वर्षीया भगवती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अभिभावकलाई कुनै जानकारी नदिई १४ वर्षीया एक बालिकालाई “तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चिनियाँ नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ” भनी ललाईफकाई गरी भगवती र सरूले चिनियाँ नागरिकसँग बिहे गराई मानव बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरूले चिनियाँ नागरिक जेडहाङसँग आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा बालिका भाग्न सफल भएकी थिइन्।
पीडितकी आमाले आफ्नी छोरीलाई बेचबिखन गर्ने उद्देश्यले विवाहको नाटक गरी होटलमा बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाउँ भनी साउन २९ गते प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। त्यसैको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह