पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पोखरामा एक चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्।
प्रकाउ पर्नेमा चीनको हुनान प्रान्त स्थायी घर भई पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेस्ट हाउसमा बस्ने ३१ वर्षीय जेडहाइ मिङ चेन, लम्जुङ घर भई पोखरा–१६ सँगमटोल बस्ने २२ वर्षीया सरू बिक र पोखरा–२२ आर्वा बस्ने ३४ वर्षीया भगवती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अभिभावकलाई कुनै जानकारी नदिई १४ वर्षीया एक बालिकालाई “तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चिनियाँ नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गरेऊ भने तिम्रो भविष्य बन्छ” भनी ललाईफकाई गरी भगवती र सरूले चिनियाँ नागरिकसँग बिहे गराई मानव बेचबिखनमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरूले चिनियाँ नागरिक जेडहाङसँग आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा बालिका भाग्न सफल भएकी थिइन्।
पीडितकी आमाले आफ्नी छोरीलाई बेचबिखन गर्ने उद्देश्यले विवाहको नाटक गरी होटलमा बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाउँ भनी साउन २९ गते प्रहरीमा जाहेरी दरखास्त दिएकी थिइन्। त्यसैको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो