अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका हुन् ।
६ महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइन्छ । केही दिनअघि नै यी दुईले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका थिए। सोमबार भने धार्मिक विधिअनुसार मन्दिरमा विवाह गरे गरेका हुन्।
उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै लागि केही हप्ताअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको जानकारी प्राप्त छ ।
श्रेष्ठ नेपाली कांग्रेस सुनसरीस्थित बराहक्षेत्र नगरसमितिका उपसभापति हुन्। बराहक्षेत्र, चतरा घर भएका उनी व्यवसायीसमेत हुन्।
सन् २०१५ देखि अमेरिकामा रहेकी अरूणिमाको यो दोस्रो विवाह हो।
अरूणिमाले विराटनगरका अमित अर्यालसँग १९ वर्षअघि २०६२ वैशाखमा बिहे गरेकी थिइन् । प्रेम विवाह गरेका उनीहरू १२ वर्ष सँगै रहे र ७ वर्षअघि सम्बन्ध विच्छेद भइसकेको छ । उनीहरूका १३ वर्षीया छोरी अक्षता अर्याल छिन् ।
इन्द्रेणीबाट डेब्यू गरेकी अरुणिमाको कुनै समय नेपाली फिल्ममा राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् । अरुणिमाले फिल्ममा पनि फर्किने इच्छा व्यक्त गरेकी छन् ।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो