पोखरा । कास्कीभर तीजमा तडकभडकसहितका खर्चिला कार्यक्रम गरे कारबाही गरिने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार सूचना जारी गर्दै तीजका नाममा होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्न नपाइने भनेको छ ।
यस्ता किसिमका कार्यक्रम गर्न रोक लगाइएको जानकारी गराउँदै गरगहना प्रदर्शन र ध्वनी प्रदुषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीज पर्वको मौलिकतामाथि आँच आउने तथा विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।
आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुर्याउने खालका भड्किला कार्यक्रम तथा क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।
सूचनाको वर्खिलाप हुने गरी भए गरेका कार्यक्रमको प्रशासनबाट सुक्ष्मरुपमा निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली, २०३३ र अन्य प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिइएको छ ।
साथै सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र महिला सञ्जाल तथा सबै जिल्लावासीबाट सहयोग हुने सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?