पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ ।
प्रदूषण बढेकाले ल्यान्डफिल साइटनजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।
प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । प्रदूषणका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उनको भनाइ छ ।
ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले बताए । मन्दिरअघिको साँघुरो बाटोबाट फोहोर ल्याएका सवारीसाधन जानेआउने गर्दा ज्येष्ठ नागरिक एवम् विद्यार्थीलाई हिँड्डुल गर्न समस्या परिरहेको उनले उल्लेख गरे ।
बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहोरलाई व्यवस्थित रूपमा माटोले पुर्ने काम थालिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । फोहोर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या भइरहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
छोरेपाटन माविका अध्यक्षलाई कालोमोसो दल्ने थप दुई जना पक्राउ
लायन्स पोखरा अभियानद्वारा मृगौला पीडितलाई आर्थिक सहायता प्रदान
आत्मनिर्भर देशका लागि युवालाई अवसर जरूरीः पौडेल
आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित
पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
शान्ति निकेतनमा बधाई तथा सम्मान, ४ जीपीए ल्याउने अनुपम र निश्चललाई जनही १ लाख
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा