नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पेनाल्टीमा नेपालका लागि राम थापा, अभिनास स्याङतान र सिमान्त थापा गोल गरेका थिए।
भुटानका जोत्सिन दोर्जीले पहिलो गोल गरे। तर दोस्रो प्रहार गरेका जिग्मे नाम्गेल र तेस्रो प्रहार गरेका उर्गेन दोर्जीको प्रहारलाई नेपालका गोलकिपर जियरत शेखले विफल पारे।
नेपालका लागि चौथो पेनाल्टी उनै शेखले प्रहार गरे। जसमा शेखले गोल गर्दै नेपाललाई फाइनलमा पुर्याए।
खेलमा अग्रता भने भुटानले लिएको थियो। ५६ मिनेटमा जोत्सिन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारलाई नेपालका गोलकिपर जियारत शेखले भेउ पाउन सकेनन्।
भुटान ७७ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए। उनले नेपालका खेलाडीमाथि फाउल गरेक थिए।
७८ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल भयो। भुटानले रातो कार्ड पाएपछि प्राप्त फिकिङ बलबाट आएको पासबाट निराजन धामीले सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए।
अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो