पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ ।
तुम्बेवा गाउँपालिका-२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतकसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना भने घाइते भएका छन् ।
बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका-३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिए ।
घटनाका सम्बन्धमा अध्ययन गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सम्बन्धित खबर
बाख्रा चोरेको भन्दै कैलालीमा सूचना अभियन्ताको छिमेकीहरूद्वारा कुटेर हत्या
कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
फिल्म हिट भएपछि मात्रै प्रचारमा जोडिएको भन्दै प्रकाश सपुतको आलोचना, मागे माफी
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
सूचना आयोग प्रमुख आयुक्तमा डा. आचार्य, आयुक्तमा पोखराकी भण्डारी सिफारिस
पूर्व मुमा बडामहारानी रत्नको नर्भिकमा उपचार हुँदै
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
दाङबाट भ्रमणमा आएको बस पोखराको शान्तिस्तूपा नजिकै दुर्घटना