म्याग्दीको सदरमुकाम बेनी बजार नजिक यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
बेनीबाट गलेश्वर तर्फ जाँदै गरेको ना ५ ख २८९८ को यात्रुवाहक बस सोमबार साँझ साढे ५ बजेतिर बेनी नगरपालिका ६, ठुलोबौर स्थित सडकको छेउमा ठक्कर खाई सडकमै पल्टिएको हो ।
बसमा सवार चालकसहित ४ जना घाइते भई उपचारको लागि बेनी अस्पताल, म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर राजन रायमाझीले जानकारी दिए ।
चालक म्याग्दी जिल्ला रघुगंगा ०१ तिप्ल्याङ बस्ने वर्ष ३० को रमेश खड्काको टाउको, दायाँ हातको कुहिना र बायाँ हातको कुममा चोट लागेको छ । यस्तै, बसमा सवार २९ वर्षका भुमिराज रानामगरको टाउकोमा चोट लागेको छ । दुवै अहिले बेनी अस्पतालमा उपचाररत छन् ।
सहचालक २८ बर्षका धन कुमार बुढाको बायाँ खुट्टाको घुँडामा सामान्य घाउ लागेको र अवस्था सामान्य रहेकाले डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।
तिप्ल्याङ बस्ने वर्ष २८ को रोशन पुर्जाको दुवै खुट्टामा गहिरो चोट र अण्डकोषमा चोट लागेकाले उनलाई थप उपचारको लागि पोखरा रेफर गरेको छ ।
सम्बन्धित खबर
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
सामाजिक सुरक्षा रकमले बालबालिकालाई शैक्षिक सामाग्री
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
‘दशैंमा गाउँ नै रमाइलो’
हिमाली जिल्ला मुस्ताङमा फूलपातीको रौनक
‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’
यो पनि पढौँ
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०