अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबिसिंह साह पक्राउ परेका छन् । उनी विरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ।
बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बबि बुधबार स्थानीय समयअनुसार राति ९ बजे पक्राउ परेका थिए। त्यसअघि प्रहरीले सिसीटिभी फुटेजबाट प्राप्त भएको अभियुक्तको तस्बिर सार्वजनिक गरेको थियो। लगत्तै बबी बन्दुकसहित पक्राउ परेका थिए।
उनलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ।
सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा डकैती गर्ने क्रममा अभियुक्तले मुना पाण्डेमाथि गोली चलाएको भनिएको छ।
ह्युस्टनका विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले पनि प्रहरीलाई उद्धृत गर्दै बबिसिंह डकैती गर्न मुनाको अपार्टमेन्टमा पुगेको लेखेका छन्।
अभियुक्त शनिबार राति ८:४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए।
पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए। ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै ती अभियुक्तले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएको प्रहरीलाई उद्धृत गर्दै क्लिकटुह्युस्टनले उल्लेख गरेको छ।
सिसीटिभी फुटेजअनुसार त्यतिबेला मुनाको हातमा सपिङ ब्याग, पर्स लगायत केही सामग्रीहरू देखिएको थियो।
त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए। त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका छन्।
मुना सोमबार साँझ पौने ६ बजे मृत भेटिएकी थिइन्। उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको छ।
पक्राउ परेका बबिलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ।
उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ।
२१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन्। उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन्।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन