पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो खेलमा जित निकालेका छन् ।
पहिलो दिनको खेलमा विभागिय टोली एपिएफ क्लबले ट्राभल इन्क्वारी गल्कोट (टिआइजी)लाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१७ ले जितेको एपिएफले दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । टिआइजिते २७–२५ मा जित्दै विभागिय टोली माथी सोझै दबाव सिर्जना गर्यो ।

तर अनुभवी विभागिय टोली एपिएफले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि टिआइजीले चौथो सेटमा मन छुने खेल प्रदर्शन गर्यो । टिआइजीले एपिएफ विरुद्ध सघर्षपूर्ण खेल प्रदर्शन गरे पनि २४–२६ ले खेल गुमाउन पुग्यो ।
यता घरेलुु टोली गण्डकी भने विभागिय टोली नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको गण्डकीले खराब खेल प्रदर्शन गर्दै पहिलो सेट १७–२५ ले गुमायो भने दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो सेट गण्डकी खेलमा फर्किने प्रयास गरे पनि २८–३० ले खेल गुमाउन पुग्यो ।
दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेलमा एपिएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुने छन् । राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन