नेपाली राजनीतिका शीर्षस्थ व्यक्तित्व स्वर्गीय सुवास चन्द्र नेम्वाङको स्मृतिमा नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), गण्डकी प्रदेश कमिटिले प्रथम प्रदेश स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
अनेरास्ववियु गण्डकीले भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको कोर्टमा प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिए ।
ईच्छुक टीमले भदौ २५ गतेसम्म टीम दर्ता गरिसक्नुपर्ने छ । आयोजकका अनुसार दर्ता शुल्क ७ हजार ५ सय राखिएको छ । टाई सिट भदौ २६ गते सार्वजनिक हुनेछ ।
प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।
एमालेका तत्कालीन उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो । नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेम्वाङ पटक पटक सांसद, मन्त्री भएका थिए ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर