नेपाली राजनीतिका शीर्षस्थ व्यक्तित्व स्वर्गीय सुवास चन्द्र नेम्वाङको स्मृतिमा नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), गण्डकी प्रदेश कमिटिले प्रथम प्रदेश स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
अनेरास्ववियु गण्डकीले भदौ २७ देखि ३१ गतेसम्म पृथ्वीनारायण क्याम्पसको कोर्टमा प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक विक्रम क्षेत्रीले जानकारी दिए ।
ईच्छुक टीमले भदौ २५ गतेसम्म टीम दर्ता गरिसक्नुपर्ने छ । आयोजकका अनुसार दर्ता शुल्क ७ हजार ५ सय राखिएको छ । टाई सिट भदौ २६ गते सार्वजनिक हुनेछ ।
प्रतियोगितामा विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।
एमालेका तत्कालीन उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो । नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेम्वाङ पटक पटक सांसद, मन्त्री भएका थिए ।

सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ