पोखराको पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका विद्यार्थीबीच तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको परम्परागत महत्व बुझाउनका लागि विद्यार्थीबीच तीजगीत प्रतियोगिता गरिएको विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए ।
उक्त कार्यक्रममा कक्षा १ देखि ५ सम्म १५ समूह सहभागी भएकोमा कक्षा ३ की प्रसिद्धि बरालको समूह प्रथम, कक्षा ५ ख’ की बिन्ती सुवेदीको समूह द्वितीय र कक्षा ५ ‘ए’ की हर्षी भुर्त्यालको समूह तथा कक्षा ५’ख’ ओजस्वी भूर्त्यालको समूहले तृतीय स्थान हाँसिल गरे ।
कक्षा ४ ख का किस्मत पौडेल र प्रितम देवकोटाले उत्कृष्ट नृत्यको पुरस्कार प्राप्त गर्न सफल भए।

त्यस्तै, कक्षा ६ देखि १० सम्म ११ समूहले भाग लिएकोमा कक्षा ७ ‘क’ का अनु र लब्सनको समूह प्रथम, कक्षा ९ की सुजिता क्षेत्रीको समूह द्वितीय र कक्षा ९ का अस्मिता रोकाको समूह तृतीय भयो । असिन सेन्चुरी उत्कृष्ट नर्तकी हुन सफल भइन् ।
कार्यक्रममा बोल्दै प्राचार्य डा.पराजुलीले तडकभडकरहित ढङ्गबाट मौलिक संस्कृतिको जगेर्ना गर्दै चाडपर्व मनाउनुपर्ने बताए ।
शिक्षिकाद्वय पवित्रा वाग्ले र सुनिता कोइरालाले निर्णायकको भूमिका निर्वाह गरिएको उक्त कार्यक्रमको सञ्चालन नेपाली विभागीय प्रमुख भुवानीप्रसाद अधिकारीले गरेका थिए ।






सम्बन्धित समाचारः
शान्ति निकेतनमा सांस्कृतिक नृत्य
चार जिपीए ल्याएकी अदितीसहित ४० विद्यार्थीलाई शान्ति निकेतनको बधाई र सम्मान
शान्ति निकेतनकी अदितिले ल्याइन् ४ जिपिए
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
शान्ति निकेतनका एसईई दिएका विद्यार्थीको बिदाई
शान्ति निकेतनमा खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण
शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’
शान्ति निकेतनका निश्चल पोखरा महानगरद्वारा नगदसहित सम्मानित
शान्ति निकेतनका कक्षा १० का विद्यार्थीलाई बिदाई
शान्ति निकेतनको वार्षिकोत्सवमा सम्मान र सहयोग
शान्ति निकेतनकी अदिती गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम
सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा