काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक खुला गराएको छ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाईएको जानकारी दिएको हो।
सरकारले २०८१ भदौ ६ गते बिहीबार मन्त्रिपरिषद् बैठक बसेर सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध सशर्त फुकुवा गरेको थियो। जसअनुसार सशर्त टिकटक खुला गर्ने निर्णय भएको थियो।
सोहीअनुसार आज प्राधिकरणले टिकटक माथिको प्रतिबन्द फुकुवा गरिएको जानकारी दिएको छ।
नियामक निकायले निर्देशन दिएसँगै आजदेखि सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुको इन्टरनेटमार्फत टिकटक संचालन हुने भएको छ।
“नेपाल सरकार, मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,” नियामकले सूचनामा भनेको छ।
नियामकले आज निर्देशन दिएको भएपनि यसअघि नै केहि इन्टरनेट सेवा प्रदायकहरुले अनधिकृत रुपमा टिकटक आफ्नो इन्टरनेट सेवामार्फत खुलाएका थिए।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सदभाव खलबलिएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाएको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने