अन्तरिक्ष यात्रीहरु सुनिता विलियम्स र बेरी विल्मोरलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर अन्तरिक्ष यान पृथ्वीमा अवतरण भएको छ । बिना यात्रु पृथ्वी फर्किएको यान न्यू मेक्सिकोको मरुभूमिमा अवतरण गरेको बीबीसीले जनाएको छ ।
दुबैजना यात्रीसहित आठ दिनमा फर्कने गरी गएको जुन ५ तारिखमा अन्तरिक्षका लागि उडेको यान झन्डै तीन महिना ढिला गरी यात्री बिनै फर्किएको हो । हिलियम चुहावटका कारण यात्री बिनै फर्किएको स्टारलाइनर पृथ्वीमा कुनै समस्या बिना आइपुगेकोे अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले जनाएको छ ।
अन्तरिक्ष यानले न्यू मेक्सिकोको स्थानीय समयअनुसार शुक्रवार राति ११ बजे झन्डै २७ हजार चार सय किलोमिटर प्रति घन्टाको कक्षीय गतिको साथ पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । झन्डै ४५ मिनेटपछि, यानले आफ्नो अवतरणको गतिलाई कम बनाउन केही प्यारासुटहरू प्रयोग गरेको थियो । अवतरण हुनु अघि हावा भरिएका एयरब्याग फुलाएका थिए ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका यात्रीहरु विलियम्स र विल्मोर आउँदो फेब्रुअरीमा प्रक्षेपण हुने स्पेसएक्स ड्रयागन अन्तरिक्ष यानमा फर्किने नासाले जनाएको छ । बोइङले यस अघि सन् २०१९ मा मानव रहित पहिलो परीक्षण उडानमा पनि धेरै समस्या सामना गर्नु परेको थियो । सन् २०२२ मा दोहोर्याइएको परीक्षणले पनि थप त्रुटि फेला पारेको थियो ।
सम्बन्धित खबर
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति