लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।
नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो ।
गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा २१–२५ को हार व्यहोरेको थियो । तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित हासिल ग¥यो । तर, चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ सेटको बराबरीमा पुगेको थियो ।
अन्तिम सेट समेत निकै रोमाञ्चक बन्यो । दुवै टिमले निकै संघर्ष गरेपनि अन्ततः नतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६–१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता एफिएफले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह घोषित भए ।

उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहा घोषित भए । उत्कृष्ट ब्लकरको उपाधि पुलिसका सफल विकले हात पारे । उत्कृष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए । उत्कृष्ट स्पाइकर एपिएफका विजय थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका चन्द्र कुवँर घोषित भए । विधागत उत्कृष्ट हुने सबैले समान पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारे ।
भदौ १९ गतेदेखि चलेको प्रतियोगिताको महिलातर्फको उपाधि भने एपिएफले उचालेको थियो ।
शुक्रबार सम्पन्न फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा १३–२५ को हार व्यहोरेको एपिएफले चौथो सेटमा २५–१० ले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिताको महिला–पुरुष दुवै तर्फ चार–चार टिमको सहभागिता रहेको थियो ।

तस्वीरः योगेन्द्र श्रेष्ठ
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो