पोखरा । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले कास्की कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीका अनुसार उनीहरुलाई एमाले गण्डकी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङ, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरु चूडामणि जंगली, राजीव पहारी, भीम कार्की, कास्की इन्चार्ज कृष्ण थापा लगायतले अबिर लगाएर स्वागत गरेका हुन् ।
यसरी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सचिवालय सदस्य भरतबहादुर बस्नेत, शोभाखर दाहाल, कास्की जिल्ला कमिटी सदस्य तुलसी दाहाल, उमा थापा, भरत देवकोटा लगायत १ सय ५५ जना छन् । एकीकृत समाजवादीका अलावा माओवादी केन्द्र र रास्वपाका कार्यकर्ता समेत एमालेमा प्रवेश गरेको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले गण्डकी इन्चार्ज गुरुङले एमालेमा फर्कनेलाई यथोचित व्यवस्थापन गरिने बताए ।
‘कम्युनिस्ट आन्दोलन भनेको एउटा सरल रेखामा हिड्ने आन्दोलन होइन, उतार चढाव भइरहन्छ, फुटेको देखिन्छ, जुटेको देखिन्छ, नेपालको हकमा पनि यो देखिन्छ’ उनले भने ।
विचारको नाममा कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेको कुरा गलत थियो भन्ने इतिहासले सावित गरेको दावी उनले गरे । पदीय महत्वकाङ्क्षाका कारण गुट बनाउने र गुटको पछि लाग्दा तल्लो स्तरका धेरै कार्यकर्ताले दुःख पाउने गरेको भन्दै यसलाई शिक्षाको रुपमा लिँदै त्यस्ता गतिविधि दोहोर्याउन नहुने बताए ।
पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री अधिकारीले समय तथा परिस्थितिको कारण सबै कम्युनिस्ट विचार राख्ने पार्टीका नेता तथा कार्यकर्ता एमालेमा समाहित हुने अवस्था आएको बताए ।
यो अभियान निरन्तर जारी रहने भन्दै उनले २०८४ को निर्वाचन मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले गण्डकी प्रदेश सरकारमा मन्त्री पठाउँदा एकल निर्णय नगरी पार्टीकै उच्च निर्देशन अनुसार कार्य गरेको प्रष्ट पारे ।
यसैबीच, एमालेले पार्टीको तर्फबाट हालै गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना मन्त्रीहरुलाई बधाई तथा स्वागत गरेको छ ।
उनीहरुमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी छन् । समारोहमा स्वास्थ्य मन्त्री पाठक भने गृहजिल्ला भएकाले उपस्थित भएनन् ।
‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ निरन्तर अगाडि बढ्ने कास्की अध्यक्ष क्षेत्रीले खुलाए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो