पोखरा । नेकपा (एकीकृत समाजवादी) का प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित १ सय ५५ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले कास्की कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीका अनुसार उनीहरुलाई एमाले गण्डकी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य किरण गुरुङ, एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरु चूडामणि जंगली, राजीव पहारी, भीम कार्की, कास्की इन्चार्ज कृष्ण थापा लगायतले अबिर लगाएर स्वागत गरेका हुन् ।
यसरी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सचिवालय सदस्य भरतबहादुर बस्नेत, शोभाखर दाहाल, कास्की जिल्ला कमिटी सदस्य तुलसी दाहाल, उमा थापा, भरत देवकोटा लगायत १ सय ५५ जना छन् । एकीकृत समाजवादीका अलावा माओवादी केन्द्र र रास्वपाका कार्यकर्ता समेत एमालेमा प्रवेश गरेको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले गण्डकी इन्चार्ज गुरुङले एमालेमा फर्कनेलाई यथोचित व्यवस्थापन गरिने बताए ।
‘कम्युनिस्ट आन्दोलन भनेको एउटा सरल रेखामा हिड्ने आन्दोलन होइन, उतार चढाव भइरहन्छ, फुटेको देखिन्छ, जुटेको देखिन्छ, नेपालको हकमा पनि यो देखिन्छ’ उनले भने ।
विचारको नाममा कम्युनिस्ट आन्दोलनलाई विभाजन गरेको कुरा गलत थियो भन्ने इतिहासले सावित गरेको दावी उनले गरे । पदीय महत्वकाङ्क्षाका कारण गुट बनाउने र गुटको पछि लाग्दा तल्लो स्तरका धेरै कार्यकर्ताले दुःख पाउने गरेको भन्दै यसलाई शिक्षाको रुपमा लिँदै त्यस्ता गतिविधि दोहोर्याउन नहुने बताए ।
पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री अधिकारीले समय तथा परिस्थितिको कारण सबै कम्युनिस्ट विचार राख्ने पार्टीका नेता तथा कार्यकर्ता एमालेमा समाहित हुने अवस्था आएको बताए ।
यो अभियान निरन्तर जारी रहने भन्दै उनले २०८४ को निर्वाचन मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले गण्डकी प्रदेश सरकारमा मन्त्री पठाउँदा एकल निर्णय नगरी पार्टीकै उच्च निर्देशन अनुसार कार्य गरेको प्रष्ट पारे ।
यसैबीच, एमालेले पार्टीको तर्फबाट हालै गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका ४ जना मन्त्रीहरुलाई बधाई तथा स्वागत गरेको छ ।
उनीहरुमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी छन् । समारोहमा स्वास्थ्य मन्त्री पाठक भने गृहजिल्ला भएकाले उपस्थित भएनन् ।
‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ निरन्तर अगाडि बढ्ने कास्की अध्यक्ष क्षेत्रीले खुलाए ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध