भाटभटेनी सुपर स्टोरले पोखराको तालचोकमा आफ्नो २८औं स्टोर स्थापना गर्ने भएको छ ।
पोखरा न्युरोडमा भाटभटेनीको स्टोर सञ्चालनमा छ । अब भने तालचोकमा दोस्रो स्टोर स्थापना हुन लागेको हो । भाटभटेनीको यो २८औं स्टोर हुनेछ ।
भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्रीले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरे । आगामी एक वर्षभित्र तयार हुने तालचोकको स्टोरले १२ रोपनी क्षेत्रफल ओगट्ने भाटमटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
उनका अनुसार तालचोकको स्टोर सात तला अग्लो हुनेछ भने यसले सवा २ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । जसमा दुई तला बेसमेन्ट पार्किङ हुनेछ ।
भाटभटेनी ग्रुपका अनुसार यो स्टोरले ५ सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने छ । त्यसपछि भाटभटेनी स्टोरमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या ७ हजार पुग्ने छ । तालचोक स्टोरमा सिनेमा हलदेखि रेस्टुरेन्ट लगायत सुविधा पनि उपलब्ध हुनेछ ।
गुरुङले चार दशकअघि काठमाडौं भाटभटेनी मन्दिर छेउबाट दुइटा कोठा भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी सुपर स्टोर’ ले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार