पोखरा । विभिन्न विश्वविद्यालयले लिएको स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ ।
चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उनीहरुले पूर्ण छात्रवृत्तिमा प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए ।
चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएससी नर्सिङतर्फ प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी थिईन् । त्यस्तै इन्जिनियरिङतर्फ अभिषेक न्यौपानेले आफुलाई तेश्रो नम्बरमा पार्न सफल भएका थिए ।

विद्यालयले नर्सिङ, एमबिबिएस, बिडिएस सहित चिकित्सा क्षेत्र र इन्जिनियरिङतर्फका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको थियो । चिकित्सा र इन्जिनियरिङतर्फ गरि झन्डै एकसय जना प्रतिभाका विद्यार्थीले योवर्ष विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति पाउने गरि प्रवेश परीक्षा उत्तिर्ण गरेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
‘सफलताको कथा कोर्ने क्रममा प्रतिभा माविले यो पटक फेरि नयाँ इतिहास रचेको छ, प्रतिभाका विद्यार्थीले आफुलाई अब्बल प्रमाणित गरेका छन,’ सापकोटाले भने, ‘उत्कृष्टताको इतिहासको निरन्तरताले हामीमा आत्मविश्वास बढाएको छ ।’
प्रतिभा माविबाट कक्षा १२ उत्तीर्ण गरि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा हजारौं विद्यार्थीलाई पछाडि पारेर उत्कृष्ट हुन सफल भएको उनले बताए । पहिलो चरणमा विज्ञान विषयमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरेकोमा केही दिनपछि व्यवस्थापन विषयमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई पनि सम्मान गरिने उनले बताए ।

प्राचार्य सापकोटाका अनुसार बिएससी नर्सिङतर्फ ढकाल सहित प्रतिभाका १६ जना छात्रा नर्सिङतर्फ पूर्ण छात्रवृत्ति पाउने गरि उत्कृष्ट भएका छन् । त्यस्तै, इन्जिनियरिङतर्फ न्यौपानेले तेस्रो नम्बरमा आफुलाई उभ्याउन सफल भएका थिए । ‘प्रतिभाका लागि हरेक वर्ष उत्कृष्ट छन । विद्यार्थीले प्रतिभाको सान फराकिलो बनाइदिएका छन,’ उनले भने, ‘प्रतिभाका थुप्रै प्रतिभाले आफनो सपना पूरा गर्दैछन । छात्रवृत्तिको यो रिजल्ट हाम्रा लागी मात्र नभई समग्र पोखराको पनि सफलता हो । ’
सापकोटाका अनुसार विज्ञान विषयबाट मात्र यो वर्ष एकसय जना भन्दा बढी प्रतिभाका विद्यार्थीले फरक फरक विषयमा पूर्ण छात्रवृत्ति पाउने गरि इतिहास रचेका छन् । ‘हजारौं प्रतिश्पर्धीलाई उछिन्दै पहिलो नम्बरमा आउनु सबैका लागि गर्वको कुरा हो,’ उनले भने, ‘भविश्यका डाक्टर र इन्जिनियर उत्पादन गर्न पाउनु समग्र पोखराका लागि पनि खुसीको कुरा हो ।’

नर्सिङतर्फ १५ हजार बढी प्रतिश्पर्धीलाई उछिन्दै पहिलो हुन सफल ढकालले प्रवेश परीक्षामा उत्तिर्ण हुनु सहज नभएको र उत्तिसारो अप्ठेरो पनि नभएको बताईन । ‘कक्षा ११ मा राम्रो गर्दा १२ कक्षामा अझ राम्रो हुन्छ । गा¥हो लागेका कुरा शिक्षकसँग सोध्न डराउनु हुँदैन,’ ढकालले हाल ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई सुझाउँदै भनिन, ‘सुरुमा काठमाडौंमा हजारौंको भिडमा म हराएकी थिए । तर, गाह्रो लागेको विषयमा ध्यान दिएर पढे । देखेको सपना पूरा गर्ने हिम्मत राखे, त्यसले मलाई सफलता दिलायो ।’
त्यस्तै इन्जिनियरिङतर्फ १५ हजार बढिलाई उछिन्दै नेपालमै तेश्रो हुन सफल अभिषेक न्यौपानेले पनि सबैको हौसलाले आफु सफल भएको बताए । कक्षा ११ देखि नै आधार बनाउने हो भने पछि असहज नहुने उनले बताए । ‘सबैले पढे जतिको सम्झन सक्दैन । तर, अभ्यास निरन्तर गर्ने हो भने असफल भइदैन,’ उनले भने, ‘मेहनत निरन्तर चाहिन्छ ।’
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण