तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।
गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् ।
जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा रु आठ लाख सङ्कलन हुने प्रवक्ता दरैले बताए । जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो ।
गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा रु २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ ।
विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’