बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफूल वितरण

बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफूल वितरण

pho

पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। विकलागं मित्र समुह/अपांग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरमा जन्मजात खुट्टाको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका, हड्डी पाकेर पिप आईरहने र हड्डीको टि।वि।रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो। त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुस्किएको, सहायक सागम्री तथा कृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए।

शिविरको पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्मा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन्। उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन्। पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुरुङले बोलेका थिए।

यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो। आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुल हस्तान्तरण गरिन्।

उनले दिवसको अवसरमा बाल सुुधार गृह अनुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन्। उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरीने बताउदै अहिले आवश्यकता बारे वाडेनसंग छलफल र अनुगमन गरिएको बताइन्। बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे। हाल सुधार गृहमा ११० जना बालकहरु रहेका छन्। सुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ