कुनै पनि कम्पनीलाई दक्ष जनशक्ति आवश्यक हुन्छ । त्यस्तै, विद्यार्थीहरू पनि जागिरको खोजीमा लागिरहन्छन् । तर, दक्ष जनशक्ति र सरोकारवालाबीच दूरी छ । त्यसै दूरी घटाउन र प्रत्यक्ष मिलाप गराउन काठमाडौंको तिनकुनेस्थित गैरिगाउँमा रहेको आईएसएमटी कलेजले ‘आईएसएमटी जब फेयर’ आयोजना गरेको छ ।
यस कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरू देशका विभिन्न क्षेत्रबाट सहभागी भएको कलेजले जानकारी दिएको छ ।
जब फेयरले विद्यार्थीलाई आफ्नो करि सुरु गर्न सघाउने, एउटै स्थानबाट विभिन्न कम्पनीबारे जानकारी लिन सकिने र रोजेको कम्पनीमा जागिर पाउन सक्षम बनाउने विश्वास कलेजको छ ।

विद्यार्थीलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सवल र सक्षम बनाउने उद्देश्यका साथ वर्षमा कम्तीमा २ पटक जब फेयर कार्यक्रम आयोजना गर्ने गरेको कलेजले जनाएको छ ।
कलेजले विगतमा आयोजना गरेको फेयरले विद्यार्थीले विभिन्न अवसरको ढोका खुलेको थियो । उनीहरूले कम्पनीमा जागिर, इन्टर्नसीपजस्ता अवसरहरू प्राप्त गरेका थिए । यस वर्षको फेयरले विद्यार्थीहरूलाई अझै धेरै अवसर प्राप्त हुने आयोजकले अपेक्षा गरेको छ ।
यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो करिअर सुरू गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको कलेजका विजनेश डेभलपमेन्ट हेड बासुदेव वस्तीले जानकारी दिए ।

विद्यार्थीको करियर अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिँदा सयौँ विद्यार्थीले आफ्नो क्षेत्र र क्षमताअनुसारका १९ कम्पनीमा जागिरका लागि अन्तर्वार्ता पनि दिए ।
जब फेयरमा लिपफ्रग टेक्नोलोजी नेपाल, होटल याक एन्ड यती, काठमाडौं मेरिएट होटल, नियो हस्पिटालिटी, सैजो सेवा, फोर सिमेन्ट्रोन्स, फ्युजमेसिन, जेनेस सोलुसन, युरानस कम्पनी, नेपाल होलिडे ग्रुप, एलिस रेस्टुरेन्ट, एन क्लाउड प्रालि, बज्र टेक्नोलोजिज प्रालि, डिस होम, आकाश टेक प्रालि, चौधरी ग्रुप, कम्युनिकेट टेक्नोलोजिज प्रालि, वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेड लगायत १९ वटा टप कम्पनीहरूले आफ्नो स्टल राखेका हुन् ।

बेलायतको युनिभर्सल अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस कलेजले बीबीए, बीएचएम, बीएस्सी आईटी, बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेनसिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आईएसएमटी ग्रुपले युनिभर्सिटी अफ सन्डरल्यान्ड यूकेकै सम्बन्धनमा चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही, सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन