नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा आज विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियान नेपालको आह्वानमा पोखराको सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टासम्म धर्ना दिनुका साथै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।
धर्नाका सहभागीहरुले महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको र पोखरा विमानस्थल संचालनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा उनै अधिकारी मुख्य दोषी रहेको ठहर गर्दै बर्खास्तीको माग गरेका थिए ।
राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय अध्यक्ष विनय यादवले आफूहरुले यसबारे विगतमा पनि विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारको ध्यानाकर्षण गराएको जनाए । उनले महानिर्देशक अधिकारी विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै उनको बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको डेढ वर्षसम्म बितिसक्दा समेत आन्तरिक उडानमै सीमित छ । केही अन्तर्राष्ट्रिय उडानमात्र चार्टर हुन सकेका थिए । आम्दानी हुन नसक्दा दिनानुदिन यो विमानस्थल आर्थिक भारमा पर्दै गएको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो