पोखरा । कास्कीको रुपा गाउँपालिकामा चट्याङ लागेर कार्यपालिका सदस्य घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ बर्षीय कृष्णकुमारी घर्ती घाइते भएकी हुन् ।
रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले वाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।
उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छन्। उनका अनुसार अहिले चट्याङको कारण वाँयाहातले राम्रो काम गरेको छैन र शरिरको एक हर सहनै नसक्ने गरि पोल्दछ । “धारामा हात धुँन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाईकन घर भित्र विस्तरामा पुगेछु ।” उनले भनिन्, “अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको वरन्डामा राखेको मार्वल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भएपनि आराम हुन्छ ।”
रुपा गाउँपालिका ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो रहेको छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षेती पुगेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन