अरिङ्गालले चिल्दा लमजुङको बेंसीशहर नगरपालिका ३, गाउँशहरस्थित लमजुङ माविका ४ जना छात्रा घाइते भएका छन् ।
घरबाट विद्यालय जाँदै गरेका उनीहरुलाई काउलेपानी नआइपुग्दै डम्फू हाउसनेर खोल्सीमा बिहीबार बिहान अरिङ्गालले चिलेको प्रहरीले बताएको छ ।
बिहान पौने १० बजेको समयमा अरिङ्गालले चिल्दा कक्षा ६ की १० वर्षिया करुणा तामाङ र १३ वर्षिया रीता गुरुङ, कक्षा ७ की १२ वर्षिया अर्चना तामाङ र कक्षा ८ की १३ वर्षिया संगीता तामाङ घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनीहरुलाई बिहान ११ बजे बेंसीशहरस्थित लमजुङ अस्पतालमा लगी उपचार गरिएको छ । विद्यालयका शिक्षक रत्नबहादुर घिमिरेका अनुसार तामाङ ३ जनाको घर बेंसीसहर नगरपालिका ५, बाख्रेजगत र गुरुङको घर बारपोले हो ।
उनीहरु बिहान विद्यालय पोशाकमै रुँदै कराउँदै विद्यालय पुगेको उनले बताए । दौडिँदै आएका उनीहरुले चप्पल र झोलासमेत बाटोमै छोडेको र घाइते अवस्थामा आएका विद्यार्थीलाई अस्पतालमा लगिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले अरिङ्गालले विद्यार्थीका टाउको, छाती तथा शरीरका अन्य भागमा टोकेर घाइते बनाएको बताए । उनका अनुसार विद्यार्थीको लमजुङ अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको छ ।
सम्बन्धित खबर
लमजुङको मध्यनेपालमा सार्वजनिक बिदा
लमजुङमा आगलागीमा परेर ७० वर्षीया वृद्धाको मृत्यु
लमजुङ तरुण दलमा खुकुरी प्रहार घटनाः ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
साम्बाको नाममा लमजुङमा साम्बाचोक स्थापना
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चार घाइते
लमजुङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ