पोखरा थिएटरको टिमले आगामी कार्तिक महिनामा स्याङ्जा बजारमा दुई दिन र वालिङ् बजारमा दुई दिन गरी आफ्नो नाटक `एक चिहान´ मञ्चन गर्ने भएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्य अनुरुप आगामी कार्तिक ८ र ९ गते स्याङ्जा बजारमा साथै ११ र १२ गते वालिङ् बजारमा नाटक मञ्चन गरिने छ ।
स्याङ्जा परिवर्तनको जन्म जिल्ला पनि रहेकोले पहिलोपटक नाटक मञ्चन गर्ने अवसर पाउँदा आफू निकै हर्षित बनेको बताए । उनले जन्मथलोमा नाटक लिएर जाँदा अपार माया मिल्ने आशा रहेको सुनाए ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा भदौ १३ गतेबाट बुकिङ सो मार्फत उक्त नाटक मञ्चन भएको थियो । पोखरा थिएटरको `एक चिहान´ नाटक पर्वत, लमजुङ र तनहुँ जिल्लामा समेत मञ्चन भइसकेको छ ।
साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको `एक चिहान´ उपन्यास कक्षा १२ को पाठ्यक्रममा समेत समावेश रहेको छ जसका कारण यो नाटकमा बढी विद्यार्थीको आकर्षण देखिने गरेको छ । नाटक मञ्चन हुने क्रममा साहित्यकार प्रधानले नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देशन गरेको कुराहरु अनुभूति गर्न पाइन्छ ।

साहित्यकार प्रधानको उपन्यास एक चिहानलाई पोखरा थिएटरका परिवर्तनले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । वि.सं. २०७६ सालको साउन महिनामा पहिलोपटक यो नाटक पोखरा थिएटरमा मञ्चन गरिएको थियो । पोखरा थिएटरका अनुसार उक्त नाटकको हालसम्म २ सय ५० सो मञ्चन भएको र करिब ५० हजार दर्शकले नाटक हेरिसकेका छन् ।
उक्त नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय रहेको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’