पाेखरा । क्यानडा भ्रमणमा रहेको नेपालको हारको श्रृंखला तोडिएको छ । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ७७ रनको लक्ष्य ओमान १९दशमलव१ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्वाधिक ४५ रन बनाए भने राफिउल्लले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुल्सन झाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको श्रृंखलामा दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल क्यानाडासँग १४ रनले पराजित भएको थियो ।
यसअघि विश्वकप लिग २ मा नेपालले क्यानाडासँग दुवै खेल हारेको थियो भने ओमानले एक खेल जितेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो ।
अब नेपालले टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले मंगलबार क्यानाडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन