पोखरा । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।
निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।
काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको छ ।
झ्याप्ले खोलामा मर्मतपछि सवारी साधन दुईतर्फी चल्न थाल्यो
धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेपछि दुईतर्फी सवारी चल्न थालेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक ५ बजेतिर मात्रै दुईतर्फी संचालनमा आएको हो ।
यसअघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि ढिला सडक खुलेको थियो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नाग ढुङ्गामा लामो जाम लागेको थियो । खुलेपछि भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नमिचेर सवारी साधन चलाउन आग्रह गरेको छ ।
सम्बन्धित खबर
पछिल्लो बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
सुदूरपश्चिमले ‘गोदावरी राजधानी’को विकल्प खोज्ने, संघ सरकारलाई दियो अल्टिमेटम
शिक्षकको तलब मासिक रूपमा दिने व्यवस्था मिलाउन निर्देशन
बागमती सरकारले विपद् प्रभावित पालिकालाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने
लमजुङ आउँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन
जिउँदो खसी र च्याङ्ग्राको मूल्य तोकियो, खसीको प्रतिकिलो ६७०, च्याङ्ग्राको १२२०