मातृशोकमा रहेका नेकपा (एमाले) का युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र स्थानीय मन्दिरलाई सहयोग गरेका छन् ।
नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका सन्दर्भ पारेर बुधबार भेटी वापत् संकलित रकम स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा स्व. भरतराज–दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय ५५ र ओमकारेश्वर महादेव मन्दिरलाई संचालन सहयोगार्थ ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
१३ औं दिनको पुण्यतिथीमा आफ्ना स्वकीय सचिव अधिकारीको निवासमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट पुगेका थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले अक्षयकोषको रकम विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल तथा मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लिला पौडेललाई रकम हस्तान्तरण गरे ।
साथै, मन्दिरमा दान संकलनका लागि दानपत्र बाकस पनि प्रदान गरे ।
एमाले गण्डकी प्रदेश कमिटिका सदस्यसमेत रहेका अधिकारीले बुवा आमाको स्मरणमा गरिएको यो कार्यले भौतिक शरीर साथमा नभएपनि सधैं बचाइरहने बताए ।

सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन