काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। नेपालका लागि कप्तान पौडेलले अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ५६ रन जोडेका हुन्। यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १९, देव खनालले १८, असिफ सेखले १४ तथा अनिल साहले ११ रन जोडे। ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।
ओमानलाई सामान्य योगफलमा सीमित गर्ने क्रममा कुशल भुर्तेलले पुछारका ३ विकेट लिए। भुर्तेलले यस क्रममा ११ बलमा १० रन खर्चिए। रिजनले ढकालले सुरुवातका २ विकेट लिएको खेलमा मध्यक्रमका २ विकेट कप्तान पौडेलले लिए। सन्दीप लामिछानेले २ विकेट लिए।
दोस्रो ओभरको चौथो बलमा नै ढकालले काश्यप पूजापतिलाई २ रनमा आउट गरेपछि ओमानले पहिलो विकेट गुमाएको हो। उनैले ९ रन बनाएका सोहेब खानलाई पनि आउट गरेका थिए। अकिब इलियास र जेसन मसुदले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेको खेलमा लामिछानेले इलियासलाई २२ रनमा आउट गरेका थिए।
मसुदलाई भने पौडेलले आउट गरे। मसुदले ३ छक्का सहित ३० बलमा ३५ रन जोडेका थिए। १ ओभर मात्र बलिङ गरेका पौडेलले सुरुका ३ बलमा नै विकेट लिएका हुन्। उनले कुल ७ रन खर्चिए।
यसपछि ओमानका प्रतीक अलवालेले १२ रन बनाउनु भन्दा बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।
जितसँगै नेपालले चार अंक जोडेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि छ। तेस्रो स्थानको ओमानको दुई अंक छ। अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने छ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’