पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन विद्यालयले आफ्नो नवीनतम् पुस्तक ‘डिलाइट अफ क्रियशन’ ‘Delight of Creation’ को औपचारिक विमोचन गरेको छ।
उक्त पुस्तक विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले परीक्षा समन्वयक हेम सुवेदीलाई हस्तान्तरण गर्दै विद्यार्थीहरूमा वितरण गरेका हुन्।

विद्यालयले ‘Delight of Creation’ लाई आफ्नो प्रमुख पुस्तकको रूपमा प्रस्तुत गरेको छ, जसले विद्यार्थीहरूलाई कला, कविता, लेखन, र अन्य सिर्जनात्मक क्रियाकलापमा उनीहरूको प्रतिभा देखाउन अवसर प्रदान गर्दछ।
यस पुस्तकले विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेक अतिरिक्त गतिविधिहरूमा सहभागी हुन प्रोत्साहित गर्दै उनीहरूको रचनात्मक क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यस पुस्तकमा विद्यार्थीहरूका सिर्जनाहरूको साथसाथै विद्यालयका विभिन्न शिक्षकहरूबाट प्रेरणादायक सन्देशहरू पनि समावेश गरिएका छन्, जसले विद्यार्थीहरूको मानसिक विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्राचार्य डा. पराजुलीले भने, ‘विद्यार्थीहरूको बहुमुखी प्रतिभालाई अगाडि बढाउन यस प्रकारका पुस्तकहरूले महत्वपूर्ण योगदान पुर्याउँछ। हामीले यसलाई विद्यालयको वार्षिक प्रकाशनको रूपमा अघि बढाउने योजना बनाएका छौं।’
विद्यार्थीहरूमा सृजनात्मकताको विकास गर्न र विद्यालयको सकारात्मक शैक्षिक वातावरणलाई थप बलियो बनाउने उद्देश्यका साथ यो पुस्तक वितरण गरिएको हो।

सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन