पोखरा महानगरपालिका १५, नयाँगाउँमा सम्पन्न सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ ।
गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी स्टुडियो च्याम्पियन बनेको हो ।
कार्यक्रम संयोजक रोमन मगरका अनुसार ब्यूटी स्टुडियोको जीतमा अंकित गुरुङ र युनिक तामाङले १÷१ गोल गरे भने चाउथेका लागि सुजन गुरुङले सान्त्वना १ गोल फर्काए ।
च्याम्पियन बनेको ब्यूटी स्टुडियोले नगद ६० हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यस्तै, उपविजेता बनेको चाउथेले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
कुल २६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नेपाल किसान महासंघ युवा समिति केन्द्रिय सदस्य प्रितम गुरूङ, नेपाली कांग्रेसका वडा नं. १५ का सभापति शुसिलराज पराजुली, नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कास्की सचिव राजेश गौतम, नेपाली कांग्रेसका वडा १५ का कोषाध्यक्ष टेक बहादुर भण्डारी, क्षेत्रीय प्रतिनिधि कल्पना अधिकारी बाँनिया, राजेन्द्र पराजुली, सन्तोष मिया, नयाँगाउँ क्लबका कोषाध्यक्ष सन्तोष गुरुङ, दोस्रो पुरस्कार प्रायोजक इन्द्र कुमारी गुरुङ, फ्याङ्कलिन एजुकेशनका अध्यक्ष गंगा बहादुर खड्का, नयाँगाउँ क्लबका सदस्य विदुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा विधागततर्फको पुरस्कार समय अभावका कारण घोषणा गर्न नसकेको जानकारी गराउँदै शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कृत गरिने प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । यस्तै, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला