पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति आयोजनामा विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुका बिहीबार बिहानैदेखि घुँइचो छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान खिचेको थियो ।
समितिले १७ वर्षदेखि मन्दिरमा नवदुर्गा महोत्सव गर्दै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नवदुर्गा शोभायात्रा भने राष्ट्रिक शोक घोषणाले स्थगित गरी अन्य कार्यक्रमलाई निरन्तरता दिइएको श्रेष्ठले बताए ।
यस्तै, श्रीमद भागवत ज्ञान महायज्ञ सुरु भएको छ । बिहान र दिउँसो गरी महायज्ञमा संगीतमय झाँकीसहित कथावाचन गरिने छ । विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरती गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद भागवत कथा प्रवचन हुनेछ ।
मन्दिरमा संकलित भेटी समितिले मन्दिरको सौन्दर्यकरण, पूर्वाधार निर्माणमा खर्चिंदै आएको समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले विश्वास रहेको बताए ।
२०५१ सालमा स्थापित विन्ध्यवासिनी गुरुकुल विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीयरुपमा अध्यापन कार्य हुने गरेको छ । यसलाई कक्षा १२ सम्म बिस्तार गर्ने समितिको लक्ष्य छ ।
यहाँ २०७२ सालदेखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत सञ्चालित छ । जहाँ ज्येष्ठ नागरिकले दिवा सेवा प्राप्त गर्ने गरेका छन् । हाल केन्द्रका लागि सुविधायुक्त भवन निर्माण करिब सम्पन्न भएको समितिले जनाएको छ । समितिले एम्बुलेन्स सेवा पनि सञ्चालन गरिसकेको छ । मन्दिरमा ज्येष्ठ नागरिक तथा असहायका लागि आवतजावत गर्न विद्युतीय भर्याङ (लिफ्ट) व्यवस्था गरिएको छ ।
समितिले पोखरा अधिकारीटोलमा २६ रोपनीमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय भर्खरै सञ्चालन गरेको छ ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन