‘चाहिँदैन मलाई सुनको दरबार
चाहिँदैन मलाई हिरामोती हार
यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टल्कने कार’
जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उनले ‘चाहिँदैन मलाई सिसाको महल‘’, ‘सिमली छायाँमा बसी‘’ लगायत आफ्ना चर्चित सुनाए ।
वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो’ बाट गाउन सुरु गरेका शर्माले पूरा अवधि दर्शकको मन जितिरहे । गायन प्रस्तुति सँगसँगै उनले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसंग उप्काउन भ्याए । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार’ गीत जन्मिएको सुनाए ।
‘भ्रष्टाचार गरेर ठुल्ठूला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुनसकेको छैन, अहिले पनि अवस्था उस्तै छ,’ शर्माले भने । उनले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरूका प्रति भने आफूले सधैँ सम्मान गर्ने बताए ।
‘राम्रो घर, गाडी त श्रमिक र मजदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ,’ उनले भने ।
उनले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए । विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसंगतिमाथि खबरदारी गरेका थिए ।
न्याय, मुक्ति र समानताका पक्षमा कलाकारहरूले स्वर भरे । सर्वहारा वर्गका दुःख, वेदना र संघर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जन बढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।
कार्यक्रममा थारू समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्,’ गायिका सुशीला थापा र उदय रिजालले ‘पूर्व क्षितिज’ लगायत गीत सुनाए ।
व्यवस्था फेर्न जनताले बलिदानीपूर्ण संघर्ष गरे पनि अवस्था उस्तै रहेकाले परिवर्तनका गीत गाउँदै हिँड्नु परिरहेको र समाजमा अहिले पनि विभेद तथा शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको कलाकारहरूको कथन थियो ।
देशमा देखिएका बेथिति, विसंगति, भ्रष्टाचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरणका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले बताए । रासस
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो