पोखरा । काठमाडौंबाट लमजुङ आउँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।
मृत्यु हुनेमा काठमाडौंकाे तारेकेश्वर नगरपालिकास्थित मनमैजुका ५८ उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अुनसार खनाललाई विहान १० बजेर १० मिनेटमा त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको हो।
बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।
उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ आउँदै थियो । गाडीटोखा-छहरे सडक प्रयोग गरेर आउँदै गरेको गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।
यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् ।
सम्बन्धित खबर
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ