पोखरा । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजना, व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा सभागृह मिनिहलमा साहित्यकार सन्जिव पौडेलको एकल कविता वाचन सम्पन्न भएको छ । प्रथम पटक २०८० असोज १८ गते प्रखर कवि तथा छन्दकाव्य बाचक शिव त्रिपाठीलाई एकल काव्य बाचनमा उतारेर सुरुवात गरेको साहित्यिक श्रृङखलालाई निरन्तरता दिँदै डेस्टीनेशनको दोस्रो श्रृङखला अन्तर्गत पोखरेली परिबेशमा रहेर बिगत दुई दशकदेखि निरन्तर साहित्य, समालोचना र राजनीतिक विश्लेषणमा क्रियाशील व्यक्तित्व लोकप्रिय कवि तथा समालोचक सञ्जिव पौडेलले दुई दर्जन कविता वाचन गरेका थिए ।
क्लवका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम, लायन्स अन्तरास्ट्रिय ३२५ एमका गभर्नर लायन चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा डिस्ट्रिक ३२५ एमका जि.एस.टि को– अर्डिनेटर ला.जगन्नाथ तिमिल्सिना, डिपार्टमेन्ट हेड एव क्लवका मानार्थ अध्यक्ष प्रा.डा. सरास्वती न्यौपाने, क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अधिकारी, वरिस्ठ साहित्यकार एवं पोखरा प्रज्ञा प्रतीस्ठानका अध्यक्ष पदमराज ढकाल, डा इश्वरमणि अधिकारी, दिपकसमिप, प्रान्जल, लक्ष्मण थापा, डा. चैतन्य, शिव त्रिपाठी, लक्ष्मी थापा, क्लवका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा, लायन्स क्लब अफ पोखरा भृकुटी, लायन्स क्लब अफ पोखरा साइनिंग स्टार, लियो क्लब अफ पोखरा डेस्टीनेशनका पदाधिकारी लगाएतको उपस्थित रहेको थियो ।
कवि प्रा.डा. पौडेलले आफ्नै अत्यन्त प्रियजन सँग बसेर बौद्धिक व्यक्तित्वका बीच कविता वाचन गर्न पाएकोका खुशी व्यक्त गरेका थिए ।’ लायन्स क्लबले श्रृङखलागत रुपमा सञ्चालन गरिरहेको यो विशिष्ट समारोहमा आफ्ना कविता वाचन गर्ने अवसरका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु’ उनले भने, ’सबैको सहयोग र प्रेरणा मैले मेरो जीवनमा ग्रहण गरेको छु।’ पौडेलले कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै ‘रहर’, ‘पोखरा’, ‘सपनाको उचाई’, ‘बाटो’ ‘शिक्षा’, ‘सम्बन्ध’, ‘लिस्नो’, ‘रुपान्तरण’, ‘पढाई’, ‘संविधान’, ‘अभियान’, ‘तिमि आए पछि…’, ‘जुन ओर्लेको रात’, ‘भोलि’, ‘जुनकिरी’ लगायतका दुई दर्जनभन्दा बढी अत्यन्त गम्भीर भावका सशक्त कविता वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक ३२५ एमका गभर्नर लायन चण्डी प्रसाद अर्यालले हामी र हाम्रा लायन्स क्लबहरुले अब समाजमा आईपर्ने सुखदुखमा मात्र हैन भाषा, कला, साहित्य र सँस्कृतिको क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने मनन् गरेर लायन्स क्लब अफ् पोखरा डेस्टिनेसनले साहित्यका बिबिध बिधाका क्षेत्रमा कलम चलाउने श्रष्टाहरुलाई समेटेर एकल बाचन गराउँदै आएकोमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाएका थिए । एकल वाचन कार्यक्रममा स्रस्टा परिचय क्लस्टर चिफ लक्ष्मण तिमिल्सिनाले गराएका थिए ।
कार्यक्रममा शुभकामना एवं स्वागत मन्तव्य लायन्स क्लब अफ पोखरा डेस्टीनेशनका उपाध्यक्ष ई लायन. माधव कार्कीले गरेका थिए भने कार्यक्रम संचालन क्लवका सचिव लायन छवी पनेरुले र कार्यक्रमको संयोजन माधव खतिवडाले गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार